कार्तिक ८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ निवासी मिलन थुलुङका बुबा सुनाधन राई र आमा फुलकुमारी राई दुबैजना लामो समयदेखि बिरामी परेपछि उपचारको क्रममा अस्पतालमा भर्ना रहेका छन् ।
बुबा सुनाधन राई विगत सात दिनदेखि शिक्षण अस्पताल, महाराजगन्जको न्युरो विभागको बेड नं ३१६ मा उपचाररत छन् भने आमा फुलकुमारी राई हेल्पिङ हेण्ड्स अस्पताल, चाबहिलको बेड नं ५०७ मा करिब चार महिनादेखि उपचार गराइरहेकी छन् ।
लगातारको उपचार खर्चका कारण परिवार गम्भीर आर्थिक संकटमा परेकोले मिलन थुलुङ र उनका परिवारले सहयोगी इष्टमित्र, साथीभाइ र सहयोगी संस्थाहरूसँग आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेका छन् । सहयोग गर्न इच्छुक व्यक्तिहरूले बैंक खातामा सहयोग पठाउन सक्ने परिवारजनले अनुरोध गरेका छन् ।










Discussion about this post