Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आखिर यो किन ? 

समाजका अपहेला, गलत दृष्टिकोण र मौन पीडाहरूको गहिरो प्रश्न

Radio Everest by Radio Everest
October 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ८, साेलुखुम्बु । म एक  १९ वर्षको जेन जी । २१ औँ शताव्दीको सुरुवातमा धरतीमा पाइला टेकेर आएको चेतनशील युवा ।  तर म अहिलेको समाजलाई हेर्छु, सुन्छु, महसुस गर्छु अनि मन भित्र अनेकन प्रश्नहरू उठ्छन्, तर ति सबै प्रश्नहरुबाट पनि एउटा मुख्य पश्नले पिरोलिरहन्छ “आखिर यो किन?”
आखिर किन ? आजभोलि प्रेम झुटो जस्तो लाग्छ ? समाजका दृष्टिहरुले गिद्धलाई पनि गिज्याइरहेका छन् ? किन महिलाको, बेग्लै पहिचान बोकेका यौनिक अल्पशङख्यक, विधवाको, किशोरीको आवाज दबिन्छ ? यी सबै प्रश्नले मेरो मनमा ठूलो हलचल मच्चाउँछन्।

झुटो प्रेम र स्वार्थी दृष्टिकोण
आजको समाजमा पनि प्रेमलाई प्रायः गलत दृष्टिले हेरिन्छ । धेरैजसो पुरुषहरू निजी स्वार्थका लागि महिलाको भावनासँग खेल्छन्, झुटो प्रेम देखाएर उनको विश्वास र अस्तित्व चोर्ने प्रयास गर्छन्। महिलाले जब कुनै पुरुषमाथि आफ्नो मन खोल्छिन्, त्यो सामान्य कुरा होइन। त्यो उनको जीवन, सपना र विश्वास सुम्पने क्षण हो। तर त्यही समयमा कतिपय पुरुषहरूले गलत नजरले हेर्छन्, असल नारीको इज्जतमा दाग लगाउने प्रवृत्ति देखाउँछन्। आखिर यस्तो किन?

यौनिक अल्पसङ्ख्यक प्रतिको विभेद
काठमाडौँ जस्तो सहरमा पनि यौनिक अल्पशङख्यक व्यक्तिहरू समाजबाट अपहेलित छन्। गाडी चढ्न नदिने, बाटोमा हेला गर्ने, कुदृष्टिले हेर्ने यस्ता व्यवहार अझै व्याप्त छन्। मानव शरीर प्रकृतिको देन हो कसैले मागेर वा चाहेर बनेको हैन भन्ने सबैलाई थाहा छ तर त्यही आधारमा कसैको चरित्रमाथि प्रश्न उठाउने अधिकार कसैसँग छैन । तर अझै पनि उनीहरूलाई समाजले “अर्को” भनेर पन्छाइरहेको छ। आखिर यो किन?

महिनावारीमा महिलाप्रति अपहेलना
महिनावारी महिला जीवनको स्वाभाविक प्रक्रिया हो। यस समयमा महिलाहरू शारीरिक र मानसिक रूपमा संवेदनशील हुन्छन्। यिनलाई समर्थन र बुझाइ चाहिन्छ। तर हाम्रो समाजमा यसै बेला उनीहरूलाई रसोई, मठ–मन्दिर वा सामाजिक स्थानबाट टाढा राखिन्छ। उनीहरूको भावनालाई बुझ्ने सट्टा, हामी उनीहरूलाई बेवास्ता गर्छौं। यो प्राकृतिक कुरा हो, तर व्यवहार किन अपमानजनक? आखिर किन?

विधवा महिलाको पीडा
जब कुनै महिला विधवा बन्छिन्, उनको जीवनमा दुःखको नयाँ अध्याय सुरु हुन्छ। सहारा चाहिने समयमा उनीहरू आफन्तबाटै अपहेलित हुन्छन्। “विधवा” भन्ने शब्द नै समाजले उनीमाथि बोझको रूपमा थोपर्छ। घर–परिवार र समाजले मानसिक दबाब दिन्छ, आरोप लगाउँछ, सपना चकनाचुर पार्छ। कानुनले महिला–पुरुष समानताको कुरा गर्छ, तर व्यवहारमा त्यो देखिँदैन। के यो समानता लागू भएको छ?

नारीको असुरक्षा र राज्यको मौनता
विज्ञान र प्रविधिको युगमा पनि महिला अझै असुरक्षित महसुस गर्छन् । सार्वजनिक स्थानमा हिंड्दा उनीहरूले सयपटक सोच्नुपर्छ। बलात्कारका घटनाहरू बारम्बार हुन्छन्, पीडितले न्याय पाउँदैनन्। निर्मला पन्त प्रकरण आज पनि हाम्रो चेतनामा प्रश्न बनेर बाँकी छ । न्याय खै? राज्य खै? प्रहरी प्रशासन खै?

स्तनपानमा सामाजिक असहजता
सार्वजनिक स्थानमा स्तनपान गराउँदा महिलालाई अझै असहज वातावरण सिर्जना गरिन्छ । खराब नियत भएका व्यक्तिको दृष्टिले मातृत्वलाई पनि अपमानित बनाइन्छ । स्तनपान बच्चाको अधिकार हो, तर हाम्रो समाजले यसलाई खुला रूपमा स्वीकार गर्न अझै हिचकिचाउँछ । कतिपय सरकारी कार्यलय, सार्वजनीक सवारी, सार्वजनिक स्थलमा पनि स्तनपान कक्ष छैनन्। यो राज्य र समाज दुवैको कमजोरी हो।

किशोरावस्थाको प्रेम र समाजको दृष्टि
किशोरावस्थामा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वाभाविक प्रक्रिया हो । यो मानवीय विकाससँग जोडिएको वैज्ञानिक तथ्य हो। तर हाम्रो समाजले यसलाई गलत नजरले हेर्छ। किशोर–किशोरीले आफ्नो भावना परिवारसँग बाँड्न नपाउँदा मानसिक दबाब, आत्महत्या, अविश्वासजस्ता गम्भीर परिणाम देखिन्छन्। प्रेमलाई बिग्रिएको होइन, बुझ्नुपर्ने भावनात्मक यात्रा भनेर समाजले हेर्नुपर्छ। आखिर किन..? 

  निष्कर्षः

  1. प्रश्न मात्र होइन, उत्तर पनि खोज्नुपर्छ

यी सबै प्रश्नहरू झुटो प्रेमदेखि महिनावारी, विधवा पीडा, तेस्रो लिङ्गी अधिकार, स्तनपानदेखि किशोर प्रेमसम्म एउटै तर्कमा जोडिन्छन्। समाजमा धेरै कुरा प्राकृतिक र मानवीय छन्, तर हाम्रा दृष्टिकोण, संस्कार र व्यवहारले तिनलाई गलत रूपमा चित्रण गर्छ।

अब प्रश्न मात्र होइन, उत्तर पनि खोज्नुपर्छ । चेतना र शिक्षामा सुधार, कानुनी कार्यान्वयन, परिवार र समाजबीच खुलेर संवाद, र प्रत्येक व्यक्तिप्रति मानवीय दृष्टि आवश्यक छ। तबमात्र “आखिर यो किन?” भन्ने प्रश्नको उत्तर पाउन थालिन्छ ।

लेखकः सुप्रभात ढकाल “सुप्रात्मा”
स्थानः काठमाडौ
Previous Post

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

Next Post

उपचारका लागि आर्थिक सहयोगको अपिल

Related Posts

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
0
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

September 1, 2026
0
Next Post
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

Discussion about this post

Everest Highlights

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

September 1, 2026
बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly