जेठ १९, सोलुखुम्बु । बिहीवारको तुलनामा तापक्रम थोरै घटे पनि देशभर गर्मी उस्तै छ । पश्चिम तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ । हिजो नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जुन अस्ति बिहीवारको भन्दा १ दशमलव २ डिग्री सेल्सियसले कम हो । अस्ति बिहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो । हिजो धनगढीको अधिकतम तापक्रम ४२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । यस्तै दिपायलमा ४१ दशमलव २ र वीरेन्द्रनगरमा ४० दशमलव ४ डिगी सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Discussion about this post