असार २९, सोलुखुम्बु । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ६, रत्नावतीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न फलफूलका बिरुवाहरु वितरण गरेको छ । स्थानीय बाजो जमिनको प्रभावकारी उपयोग गर्दै दिगो विकासलाई लक्ष्यित गर्दै वडा कार्यालयले कागती, सुन्तला र जुनारको बिरुवा वितरण गरेको हो ।
वडाअध्यक्ष कुलेन्द्र बहादुर मगरका अनुसार वडाले कागती १,५०० थान, सुन्तला ४५० थान र जुनार ४८० थान बिरुवा अनुदानमा वितरण गरेको छ । बिरुवासँगै प्राविधिक ज्ञान पनि प्रदान गरिएको वरिष्ट प्राबिधिक सहायक एवम् वडा सचिव मोहन सुनुवारले जानकारी दिनुभयाे ।
यस अभियानबाट स्थानीय किसानलाई दीर्घकालीन आर्थिक उपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाजो जमिनको सदुपयोग गर्दै आम्दानी वृद्धि र हरियाली विकासलाई प्राथमिकता दिएका वडा अध्यक्ष मगरले बताउनुभयो ।
आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उहाँको भनाई छ । यस कार्यक्रमले स्थानीय कृषकहरूमा उत्साह थपेको छ भने फलफूल खेतीतर्फको आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ ।
Discussion about this post