असार २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का कृष्ण मान राईको घरमा नयाँ छानो टिनको लगाउने र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । यो कार्यको मुख्य आर्थिक सहयोग महाकुलुङ–१ निवासी ल्हाक्पा कितार शेर्पाबाट प्राप्त भएको हो ।
ल्हाक्पा कितार शेर्पाले कुल ७७ हजार ३ सय २० बराबरको सहयोग प्रदान गर्नुभएको छ । शेर्पा ‘खिरौले एजुकेसन एन्ड हेल्थ प्रोजेक्ट युके’ का अध्यक्षसमेत हुनुहुन्छ । स्थानीय तहबाट समेत उल्लेखनीय योगदान गरिएको छ । जनश्रमदानमार्फत काठ, बालुवा, गिट्टी तथा श्रमिकको मूल्यांकन गरेर २५ हजार ९ सय ४० बराबरको सहयोग गरिएको सहकर्मी उद्धव कुलुङले जानकारी दिनुभयो । साथै, सामान ढुवानीका लागि स्थानीय व्यापारी बलकुमार कुलुङले पनि ३ हजारको सहयोग गर्नुभएको छ ।
कुल लागत १ लाख ६ हजार २ सय ६० पुगेको जानकारी गराइएको छ । निर्माण कार्य सम्पन्न भएपछि ३ नं. वडा सदस्य सिर्ग कुमार कुलुङ, सहयोगीको तर्फबाट किपुटी शेर्पा, चाम्लाङ सिर्जनशील युवा समाजका अध्यक्ष बिध्याराज कुलुङ, स्थानीय शिक्षक किरण कुलुङ लगायतको उपस्थितिमा बिल भर्पाइ कार्य सम्पन्न गरिएको थियो । यस किसिमको सहयोगले दुर्गम क्षेत्रमा रहेका नागरिकहरूको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ ।
Discussion about this post