असार २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेटको ९३.८ प्रतिशत खर्च गरेको छ । गाउँपालिकालाई चालु तथा पूँजीगत शिर्षकमा गरी कुल ६१ करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रसन्नदीप राई र आर्थिक प्रशासन शाखाका लेखा अधिकृत तिर्थराज कट्टेलले हस्ताक्षर गरेर सार्वजनिक गरिएको वित्तिय प्रगतिको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले खर्चको लेखाजोखा अनुसार जम्मा ५८ करोड १२ लाख ३४ हजार रुपैयाँ खर्च भइसकेको छ । चालु खर्च तर्फका लागि विनियोजित ४० करोड ७० लाख २३ हजार रुपैया खर्च भएको छ, जुन ९३.४० प्रतिशत हो ।
यस्तै, पूँजीगत तर्फ २१ करोड २६ लाख ९ हजार रुपैयाँ विनियोजनमा २० करोड ५ लाख ६८ हजार रुपैयाँ खर्च गरिएको छ, जसले कुल पूँजीगत बजेटको ९४.३३ प्रतिशत ओगटेको छ । गाउँपालिकाले बजेटको उच्च कार्यान्वयन दर कायम राख्दै विकास र सेवा प्रवाहमा प्रभावकारिता देखाएको जनाएको छ ।
Discussion about this post