असार ३०, सोलुखुम्बु । खोटाङमा असार महिनाको अन्तिम हप्तासम्ममा ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र खोटाङका अनुसार कुल १० हजार १८ हेक्टर खेतमा धान रोपिनेमा हाल सम्म ७१.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । जिल्लाको सबैभन्दा बढी केपिलासगढी गाउँपालिका र वराहपोखरी गाउँपालिकामा ९०/९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८० प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ६८ प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा ७० प्रतिशत, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७५ प्रतिशत, साकेला गाउँपालिकामा ७० प्रतिशत, ऐसेलुखर्क गाउँपालिकामा ६५ प्रतिशत, खोटेहाङ गाउँपालिकामा ६० प्रतिशत र रावाबेँशी गाउँपालिकामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
जिल्लामा यस वर्ष अटे मार्सी, ताईचुङग, मकवानपुरे, रन्जिता, खुमल–४, खुमल–८, खुमल–१० र भोटाङ्गे जस्ता धानका उन्नत प्रजातिहरू रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Discussion about this post