असार ३१, खोटाङ । खोटाङमा करेन्ट लाग्दा महिलाको मृत्यु भएको छ । जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर ४ फाक्टाङ निवासी इन्द्रा राईको बरेन्ट लाग्दा ज्यान गएको हो । गएराती ९ः३० तिर चार्जमा राखेको मोवाइल छुटाउने क्रममा करेन्ट लाग्दा २५ वर्षिय राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Discussion about this post