Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

“अंकल.. हजुर पनि अन्टी लभर हो…?”

संगीतका नाममा अश्लीलता ः संकटमा बाल मनोविज्ञान र समाज

Radio Everest by Radio Everest
July 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

दिपेन्द्र खनाल । विहानै आफ्नो नित्य कर्म सकेर कार्यालयका लागी निस्किएँ । करिव साँडे ६ बजेको हुँदो हो । सञ्चारकर्मी भएकाले प्रायः विद्यार्थी उठ्ने समय र मेरो उठ्ने समय उस्तै उस्तै हुने गर्छ । कोठाबाट निस्किएर एकतमासले हिँडिरहेको म एक्कासी एउटा करिव ७ वर्ष जतिको सानो बाबुको गीतमा कान प¥यो…। गाउँदै थियो “केटो अन्टी लभर केटो अन्टी लभर…के छ खवर….” । म टक्क एउटा साइडमा केही छिन उभिए… मेरो फोनको घण्टी बज्यो… अफिसबाट भाइ रविनले फोन गरेको रहेछ समाचार भन्ने समय भएकोले .. तर करिव २५ मिनेट समय बाँकी भएकोले मैले फोन उठाइन र त्यहाँबाट हिड्न मात्रै के खोजेको थिएँ त्यो सानो बाबु छेवैमा आएर सोध्यो बाल मनोभावले सायद “अंकल.. हजुर पनि अन्टी लभर हो…?” .. मत ट्वा… ।

अनी आफ्नो बालापन सम्झे.. त्यतिखेर मेरो चेतनाले संगीत बुझ्न थालपछिको कुरा… त्यो समयमा..बद्री पंगेनीको “ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालिमा”, रामजी खाँडका “जुनमा पनि दाग छ” लगायत, पशुपति शर्माका रोइला दोहोरीहरू, स्वरुप राज आचार्यका वियोगान्त चलचित्र गीतहरु, राजेशपायल राई आफ्नै गाउँले भएकाले उनका गीत नसुन्ने र नगुनगुनाउने कुरै भएन । अनि अघिल्लो पुस्ताका स्वरसम्राट र स्वर किन्नरीहरुका कालजयी सुमधुर गितहरुले मेरा कान गुन्जिएका थिए । सम्झे ति शब्दहरु ……..प्रमोद खरेलले प्रेममा विछोड भएको भावका गीतहरु गाउँदा बाल दिमागले आफ्नै कहानी भनेको जस्तै बुझ्थ्यो । हंगामा भो कसम, चाहेको कसले पाउँछ र ?, मेरो दिल छ पोखरामा, अनि अन्जु पन्तका मर्मस्पर्शी गितहरुले दिने आनन्दको के कुरा गर्नु । कहाँ हो कहाँ आनन्द दिन्थे..। त्यो समयमा प्रख्यात अनि महंगा गायकहरूले सायदै अश्लील र अ गीतहरु गाएको सुनिन्थ्यो..। हुन त अलि अ भनौँ या त्यतिबेलाका अल्लारे ठिटा हरुले रुचाउने गीतहरु गाउने गायकहरू नभएका हैनन् । प्रकाश कटुवाल कहिलेकाहीँ उटपट्याङ खालका गीत ल्याउँथे तर त्यता धेरै उटपट्याङ भन्न मिल्दैन यद्यपी उनले दिने गितहरुका कुनै कुनै शब्दहरु सुन्दा अलि अप्ठयारो लाग्थ्यो बाल मस्तिष्कमा तर पनि एसेप्टेट नै थिए..। कहिलेकाही श्रीकृष्ण लुइँटेल हद गरिदिन्थे.. कहिले तेरो बाउ थोते, तेरी आमा थोति भनिदिन्थे त कहिले भत्काइदिन्छु बाख्राको खोर पनि भनि गाइदिन्थे अनि हामी साथीलाई गाली गर्नुप¥यो भने तेरो बाउ थोते भनिदिन्थीउ, कसम साथीको बा ले २ घण्टा रातमाटे कटाउने गरि लखेटेका दिन कहाँ बिर्सन्छु म । आमा बाउलाई अलि धाक दिन प¥यो…भने बा ले व्या गर्देनन् पोर पनि भन्ने शव्द चाहीँ छाडेर “भत्काइदिन्छु.. बाख्राको खोर पनि” भनिन्थ्यो…।

तर गीत सुन्न पनि काहा सजिलो थियो.. यि र यस्ता गीतहरु सुन्न कि त घरमा क्यासेट÷रेडियो चाहिन्थ्यो कि त कतै विवाह भोज भतेरमा सुन्न पथ्र्यो… कि किन्न पथ्र्यो गीत भर्ने चक्का र सुन्न पथ्र्यो अरुकै क्यासेटमा लगाएर…. केही समय पछि मोबाइल आयो मेमरी कार्ड लाग्ने तर म जाबो बच्चाका हैसियत कहाँ थियो र त्यो मोवाइल र मेमोरी किन्ने। साथीभाइ, काका, मामा, छिमेकीका मोवाइलमा मागेर सुन्न पथ्र्यो …। त्यही पनि गानाप्रमी भ)एकाल गाना सुन्न चाही जुनसुकै हदमा पनि जान सक्ने मान्छे म ।

खैर त्यसरी गीत सुन्दै हुर्किएको म लाई त्यो बच्चाले आन्टी लभर हो ? भन्ने प्रश्न गर्दा एक क्षण त झनक्क नै भए.. फेरी झसंग पनि भए.. अनि अचम्म पनि भए.. । आजको पुस्ताले कस्तो सिक्दै छ …। उसलाई सायदै नेपालको प्रधानमन्त्रीको बारेमा थाहा छ, उसलाई सायदै आफ्नो स्कुलको पुरा नाम थाहा छ, उसलाई सायदै आफ्नो बाउ आमाको उमेरको बारेमा थाहा..छ । अनि उसलाई सायदै थाहा छ कि त्या आन्टी लभर गीत कसले गायो.. किन गयो र के का लागी गायो ? बस उसलाई त थाहा छ केवल गीतको बोल अनी त्यसको दृष्यको आशय…। समाज कता जाँदैछ ? वा कता लाँदै छौ हामी..?

तर अहिले अवस्था पहिले जस्तो छैन, नेपालमा कुनै क्षेत्रमा रेभुलसन(क्रन्ती) भएको छ भने त्यो प्रविधिको विकासमै हो…..त्यसैले अहिले इजी एक्सेस अथवा सजिलै पाइने कुरा सामाजिक सञ्जाल हो… अनि सामाजिक सञ्जालमा जे देख्यो त्यसलाई सथ्य मान्ने जुन मानसिकतामा हामी बाँचिरहेका छौँ त्यसले ति अबोध र अबुझ बालबालिकाहरुको दिमागमा कुन खालको असर परिरहेको छ, कस्तो भाइरस निर्माण गराइरहेको छ शायद हामीले बुझेका छैनौँ । समाजकै कर्तुत भन्नुपर्छ हामीलाई ति पुराना शैलीका गीत संगीतहरु मन पर्न छाडेको छ, कुनै एउटा राम्रो गायकले गहकिला गीत निकाल्यो भने उसलाई हामी संगीत बाटै पलायन हुने अवस्थामा पु¥याइदिन्छौँ मौन विरोध गरेर । तर नक्कली र अश्लील दृष्यमा रँगाइएका, द्वैभाषिक र द्धिअर्थ लाग्ने गितहरु तिनै अबोध बालबालिकाहरुको छेवैमा बसेर सुनिदिन्छौँ, रमाइदिन्छौँ, टिकटक बनाइदिन्छौँ.. त्यो पनि हाउभाउ सहित .. हामी तिनै साना बालबालिकाका अभिभावक, प्रेरणाका स्रोतहरु, अनि शिक्षक शिक्षिका वा गुरु गुरुमाले ।
कहाँबाट आवोस उनीहरुमा चेत.. के राम्रो के नरोम्रोको ? जवकी हामीलेनै सिकाइरहेका छौँ उनिहरुलाई भाइरल बन्नु पर्छ भनेर तर सिकाउन जानेका छैनौँ हामीले नैतिक बन्नु पर्छ भनेर । अनि कहाँबाट आउँछ एसईईको नतिजा सकारात्मक, कहाँबाट आउँछ बालबालिकामा मानवीयता र मानवताको गुण । जवकी हामीले सिकाइरहेका छौँ उनिहरुलाई अश्लीलता र नैतिकरुपमा सामाजिक गुणहरू ।
नेतालाई भेट्ने वित्तिकै गाली गर्न र धावा बोल्न सिकाउने हामीले कहिल्यै देशको संरचना र यसका कामहरूका बारेमा सिकाएका छौँ ? कहिल्यै सिकाएका छौँ देशलाइृ कसरी सुधार्न सकिन्छ ? कहिल्यै सिकाएका छौँ कसरी दिन सकिन्छ राम्रो नेता देशलाई कहिल्यै खुराक दिन सकेका छौँ .. अह..? कदापी … सकेका छैनौँ ।

नकारात्मकता र भ्रमले व्याप्त आधुनिक एक्काइसौं शताब्दीको अन्त्यतिर हामी यस्तो अवस्थामा हुने छौँ कि अहिलेको पुस्ताले सिकेका कुराहरु त्यतिखेर सामाजिकता विनासको कारण हुनेछन् । त्यतिखेर हाम्रो संस्कार संस्कृति, परम्परा, रितिरिवाज गुगलमा खोज्नु पर्ने अवस्था आउने छ । अहिलेका बालबालिकाले खोज्ने छन गुगलमा त्यतिखेर.. केहो भाइटीका भनेको ?.. केहो दशै भनेको…? केहो तिहार भनेको..? कसरी बन्थे पुराना गाउँमा घरहरु ? कस्ता थिए त्यतिखेर गाउँहरु.. ?

कसले दिने त्यो उत्तर यिनै गाइ कालो दुध सेतो नामका गीत गाउनेहरू ? यिनै कृन्दाबनको सिकारीका रचनाकारहरू ? वा यिनै दुर्गेशथापाहरु वा यिनै आन्टी लभरहरुले ? ख्वै प्रश्न नै प्रश्नहरुको भुमरीमा छु म त ?

तर यस्ता यि व्याप्त अश्लीतलाहरु तर्फ हामीले ध्यान दिन सकेका छैनौँ ? अहिले हामी समाज विग्रीयो भनेर नेतालाई दोष दिइरहेका छौँ ? तर समाज त हामी हैनौं र ? हाम्रो समाज कसले सपारिदिने जवकी यस्ता अश्लील सामाग्रीहरु हामीलेनै संरक्षण गरेर राखेका छौँ ? भोलिका कर्णधारहरुका दिमागमा यस्तै कुराहरु भण्डारण गरिरहेका छौँ । दोष दिने नेतालाई बिगार्ने आफु ? होस फेरी मैले नै गाली खानु पर्ला..फेरी.. ?

हो स्वतन्त्रता चाहिन्छ तर त्यति धेरै पनि हैन कि जसले मानव समाज र संस्कृतिलाई नै धरापमा पारोस ..? तर यहाँ समाजको मतलव कसलाई छ..? भाइरल हुन पाए भयो..डलर झार्न पाए भयो..? हैन र ?

गाली गरेपनि गर्नुस सत्य बोल्नकै लागी पत्रकारिता रोजेको हुँ बोल्छु नै …. यसको समाधानका लागी एउटै मात्र उपाय छ, नियमन गर्न एउटा संयन्त्र बनाउँ यति सशक्त संयन्त्र बनाउकी जसले पनि गीत रेकर्ड गर्छ उसले त्यो प्रसारण गर्नका लागी सेन्सर गर्नुपरोस.. नकी च्याउ झै युट्युव च्यानल खोलेर फाल्न सकोस..। गीत संगीत हेर्ने विभाग खोलौँ… नेपालमा चल्ने युट्युबको रेभेन्यु कर उठाउ र त्यसले त्यहाँ बस्ने कर्मचारी लाई तलव खुवाऔँ…। देशलाई योगदान दिने अमर संगीत श्रष्ठाहरुको सम्झनामा नियमन आयोग बनाउँ , बचाउ संस्कृति र संगीत दुबैलाई…। संगीत संस्कृतिको प्रतिमूर्ति जे सुनिन्छ त्यो याद हुन्छ जे देखिन्छ त्यही सत्य हुन्छ । सचेत भएर लागी परौँ, परिवर्तन सम्भव छ ।

Previous Post

सकियो थुलुङ दुधकोशीको एकिकृत सेवा शिविर, १५ सय बढीले लिए सेवा ।

Next Post

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly