जेठ २१ सोलुखुम्बु । सशस्त्र प्रहरीले आईतबार साँझ उदयपुरमा ३ सय केजी गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–८ सिसौलिघाटस्थित सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा सिसौलिघाटको जङ्गलमा ७ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
आइतवार विहान पनि सोही स्थाननजिकै २८० केजी गाँजा बरामद भएको थियो । सो स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको थापाको भनाइ छ। बरामद गाँजा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जानकारी उहाँले जानकारी दिनुभयो ।
Discussion about this post