Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेपालकै भर्जिन “एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग” को औपचारिक सुभारम्भ 

Radio Everest by Radio Everest
September 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्र पर्ने जिल्लाकै “भर्जिन पदमार्ग” एभरेष्ट दुधकोशी ट्रेलको औपचारिक सुरुवात भएको छ ।  गाउँपालिका, ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) सँगको सहकार्य तथा जीविकोर्पाजन पुनरुत्थानका लागि दिगो पर्यटन (एसटीएलआरपी)को आर्थिक सहयोगमा तयार भएको ट्रेलको नेपाल सरकारका रक्षामन्त्री मानवीर राईले काठमाण्डौबाट शुभारम्भ गर्नुभएको हो । गाउँपालिका क्षेत्रको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताको प्रवर्द्धनका लागी गाउँपालिका सहितको त्रिपक्षिय लागत साझेदारीमा पदिमार्गको निर्माण, सञ्चालन तथा अन्य संरचनाको विकास भइसके पछि सोमबार औपचारिक रुपमा यसको लन्च गरिएको हो ।

२ सय भन्दा बढि ट्रेकिङ कम्पनी, ट्रेकिङ गाइड, सम्बद्ध निकायका प्रतिनिधि, पर्यटकीय सङ्घसंस्था तथा पत्रकारहरूको उपस्थितिमा पदमार्ग लन्च गरिएको छ । माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर ५ सेलगुडीबाट सुरु हुने पदमार्ग भ्रमण तथा अवलोकनका लागी करिव ५ देखी ९ दिन सम्म लाग्ने गाउँपालिकाले जनाएको छ ।  बिहान उठ्ने बित्तिकै २ दर्शन भन्दा बढी हिमालको अवलोकन गर्न सकिने सेलगुडी डाँडाबाट पदमार्गको आरम्भ हुन्छ भने गाउँपालिकाकै अन्य सुन्दर गाउँहरू घुम्ने मेरा हुँदै सुन्दर प्राकृतिक भ्यू पोइन्ट तथा जंगलहरु छिचोल्दै राप्छा, बासा, खास्ताप, काँकु र जुभिङ तथा वाकुसमेतलाई समेट्दै सकिन्छ ।  यसबीचमा यहाँ घुम्न आउने पर्यटकहरूले १४ प्रकारका लालीगुराँस फुल्ने दाप्सा सामुदायिक जंगल, कुधाम भ्यु प्वाइन्ट, अँधेरीखोला, डाँडागाउँ लगायतका प्राकृतिक सौन्दर्यताका खानी भएका ठाउँहरूको अवलोकन गर्न पाउने छन् ।  


भ्रमणका क्रममा खालिङ राई समुदायका सांस्कृतिक नृत्य, शेर्पा समुदायका सांस्कृतिक नृत्य तथा अन्य परम्परा, बनजंगल, चराचुरुङ्गी, हिमालहरुको मज्जा पर्यटकहरूले लिन पाउने छन् । एभरेष्ट दुधकोशी पदमार्गको भ्रमणका क्रममा पर्यटकहरुले आठ हजार आठ सय ४८ मिटर उचाइमा रहेको सगरमाथासहित बाताङ्गा (५०७७), चोयम (४७१३), विगफेरा (६६००), नुम्बुरचुली (६९६०), कार्लुङ (६५११), कोङदेरी (६१८७) देख्न सकिन्छ । यस्तै, खुङ्वाकाङ (७७४३), ग्यानचोङकाङ (७९५२), चुम्बु (६८५९), लोबुचे (६९९५), काङ्तेका (६७८३), क्यासार (६७६९), मेरापिक (६४७६), चाम्लाङ (७३१९), नौलेख (६३६३), पाङ्वो (६३९०) लगायत २७ हिमाल देख्न सकिन्छ । पर्यटन प्रवद्र्धनका लागी गाउँपालिकाले सुरु गरेको पदमार्गले गाउँपालिका भित्रको आर्थिक विकास, साँस्कृतिक विकास र पर्यटन क्षेत्रको स्म्भावनालाई स्पष्ट रुपमा उचाइृमा पु¥याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो । पदमार्गबाट सगरमाथा, मेरापिक, दुधकुण्ड हिमाल लगायतका ठाउँहरु जान छिटो हुने भएकाले पनि पर्यटकहरु पदमार्गको अवलोकन तथा भ्रमण गर्न आइपुग्ने उहाँको भनाई छ ।  


गाउँपालिकाले पर्यटनको विकासलाई ध्यानमा राखेर आफ्नो अघिल्लो कार्यकाल देखीनै कुल बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।  पदमार्ग घुम्न आउने पर्यटकहरुको सहजताका लागी ठाँठाउँमा दिशानिर्देश बोर्डहरु, जिपिएस ट्र्याकीङ लगायतका आधुनिक तथा परम्परागत प्रकृयाहरु अपनाइएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभयो ।  उहाँले पदमार्गले गाउँपालिको लिएको पर्यटन प्रवद्र्धनको अभियानलाई सफल बनाउने बताउँदै रोजगारी श्रीजना र आर्थिक विकासमा महत्वपुर्ण टेवा पु¥याउने विश्वास लिएकाृ उल्लेख गर्नुभयो ।  गाउँपालिकाले पदमार्गको प्रवर्दनका निम्ती घरबास अर्थात होमस्टे, गोठस्टेहरुको निर्माण गर्नुका साथै कुक तालिम, गाइड तालिम जस्ता प्राविधीक पक्षहरुकोलागी काम गरेको छ । 

Previous Post

थामे खोलाको बाढीले पाँच घर बगायो, बिजुली र संचार सेवा अवरुद्ध

Next Post

देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सय बढीले सेवा लिए

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
0
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
0
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
0
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
0
Next Post
देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सय बढीले सेवा लिए

देउसामा राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सय बढीले सेवा लिए

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

दशैँमा फेरि घुम्दैछ आरुबोटको रोटे पिङ

October 8, 2026
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार आउने

October 9, 2026
खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

खुम्बुबाट घर फर्कने क्रममा थुलुङका सन्तोष राई सम्पर्कविहीन

October 8, 2026
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly