भदौ १९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभएको छ । बिहिबार अध्यक्ष बस्नेतले मन्त्री शाहीलाई बुझाउनु भएको लिखित निवेदनमा जंगली जनावर—विशेषगरी बाघ, भालु र चितुवाजस्ता जनावरले पशुपालक किसानका खसी, बाख्रा, र अन्य घरेलु जनावर सखाप बनाउँदै आएको उल्लेख गरिएको छ ।
गाउँमा अहिले जंगली जनावरको आतङ्कले किसानहरू त्रसित छन् । पशुपालनबाट जीविकोपार्जन गर्दै आएका स्थानीयवासीको जीवन कष्टकर बनेको अध्यक्ष बस्नेतको भनाइ छ । यता मन्त्री शाहीले समस्या गम्भीर भएको स्वीकार गर्दै आवश्यक प्राविधिक टोली खटाएर अध्ययन गरिने प्रतिबद्धता जनाउनु भएको छ । यसका लागि वन मन्त्रालयअन्तर्गतका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभागलाई आवश्यक निर्देशन दिईने मन्त्री शाहीको भनाई छ ।
Discussion about this post