भदौ २०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बढ्दो सडक कुकुरको संख्या र रेविज संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शिविर संचालन गर्ने भएको हो ।
नगरपालिकाले शिविर सञ्चालनका लागि इच्छुक संघसंस्था, पशु चिकित्सक समूह तथा गैरसरकारी संस्थाहरूलाई प्राविधिक तथा आर्थिक प्रस्तावसहित आवेदन दिन आह्वान गरेको छ । प्रस्ताव पेश गर्ने म्याद र अन्य विवरणहरू नगरपालिकाबाट चाँडै सार्वजनिक गरिने बताइएको छ ।
स्थानीयवासीलाई शिविरका बारेमा जानकारी गराउने कार्य समेत सुरु गरिएको छ । यस अभियानबाट सडक कुकुरको स्वास्थ्य अवस्था सुधार गर्नुका साथै मानिसमा रेविजको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post