भदौ २०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका २ वटा वडाका विद्याथीृलाई यस वर्ष पनि छात्रबृत्ति वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेका दुई सामुदायिक विद्यालयका ३० जना विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति वितरण गरिएको हो । एजिडिएमको को सहयोगमा पहाडी विकास तथा संरक्षण समूह नेपालले सञ्चालन गर्दै आएको “महाकुलुङमा छात्रबृत्ति ” कार्यक्रम अन्तर्गत गुदेल माध्यमिक विद्यालयका १५ जना र छेस्काम माध्यमिक विद्यालयका १५ जना गरी जम्मा ३० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको जनाइएको छ ।
४ बर्षदेखी कम आयस्रोतका कारण विद्यालय छोड्न बाध्य हुने विद्यार्थीहरुलाई लक्षित संस्थाले छात्रबृत्ति प्रदान गर्दै अाएकाे संवाददाता उद्वब कुलुङ्ले बताउनुभयाे । छात्रवृत्तिअन्तर्गत विद्यार्थीलाई विद्यालय पोशाक (सर्ट, पाइन्ट, स्वीटर, ट्र्याकसुट), जुत्ता, झोला वर्षमा एक पटक उपलब्ध गराइन्छ भने, मासिक रूपमा कापी–कलम जस्ता शैक्षिक सामग्री क्रमिक रूपमा वितरण गरिन्छ । साथै अध्ययन अवधिभर लाग्ने सम्पूर्ण शुल्कसमेत यसै कार्यक्रमबाट व्यहोर्ने गरिएको छ ।
छेस्काम माविमा भदौ १३ गते आयोजित कार्यक्रममा वि.व्य.स. अध्यक्ष विद्याराज कुलुङ, प्रधानाध्यापक गुरु प्रसाद राई, कक्षा शिक्षक, अभिभावक, विद्यार्थी, परियोजना पहलकर्ता देण्डि शेर्पा तथा पहाडी विकासका अध्यक्ष भलाकाजी कुलुङ लगायतको सहभागिता थियो । यस्तै, गुदेल माविमा भदौ १५ गते आयोजित कार्यक्रममा वि.व्य.स. अध्यक्ष सुर्यकुमार राई, प्रधानाध्यापक छलक राम राई, अभिभावक, विद्यार्थी, पहाडी विकासका अध्यक्ष भलाकाजी कुलुङ तथा उपाध्यक्ष यमुनाथ राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले गाउँका विपन्न परिवारका विद्यार्थीलाई शिक्षा निरन्तरता दिन टेवा पुगेको अभिभावक र विद्यालय प्रशासनले बताउनुभयाे ।
Discussion about this post