भदौ २५, सोलुखुम्बु । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । आज बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो । सप्तकोशी चतरा जलमापन केन्द्रमा बिहान पछिल्लो एक घण्टामा सबैभन्दा धेरै २४।४ मिलिमिटर वर्षामापन भएको छ । झापाको दमकमा २०।८ मिलिमिटर पानी परेको छ ।
देशभर मनसुनको प्रभाव छ । आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी पहाडी र तराई भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आजराति पनि यी चार प्रदेशका पहाडी तथा तराइ थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Discussion about this post