भदौ २५,सोलुखुम्बु । जिल्ला कारागार सोलुखुम्बुबाट जेल फोडेर भागेका ५० जनालाइ प्रहरीले पक्राउ गरि थुनेको छ । हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने छुटेपछी जेल तोडेर भागेका ९६ कैदी मध्ये ५० जनालाई फेरी पक्राउ गरि थुनिएको हो । साँझ भाग्दा भाग्दै १६ जनालाई पक्राउ गरिसएिको थियो भने अन्य ३४ जनालाई आज बुधबार दिनभरमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी मनोजित कुँवरका अनुसार भागेर आ आफ्ना घर पुगेकाहरुलाई पक्राउ गर्ने कार्य धमाधम भइरहेको छ । अव बाँकी ४७ जनालाई पनि पक्राउ गर्न प्रहरी परिचालन भइसकेको उहाँको भनाई छ ।
Discussion about this post