भदौ २६, सोलुखुम्बु । देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा कैलालीमा सबैभन्दा बढी एक सय ५९ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित बाँके, बर्दिया, रुपन्देही, नुवाकोट, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही ठाउँमा र बाँकी तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
Discussion about this post