भदौ २७, सोलुखुम्बु । नेपाली काँग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको वर्तमान राजनैतिक समस्यको समाधान संबैधानिक प्रकृयाबाटै खोज्न माग गरेको छ । जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनमा उठेका जायज मागको समर्थन गरेको र अबको निकास संबैधानिक तवरबाटै गर्न आग्रह गर्नु भएको हो ।
सभापति शेर्पाले जेनजीका माग जायज भए पनि विभिन्न स्वार्थ समुहको घुसपैठले मुलुकमा ठूलो धनजनको क्षति भएको मृतक प्रति श्रद्धान्जली अर्पण गर्नु भएको छ । उहाँले आफ्ना पार्टी सभापति शेरबहादुर देउवा र निहत्था नागरिक माथि गरिएको आक्रमण निन्दनीय रहेको उल्लेख गर्नु भएको छ ।
पछिल्लो समय मुलुकमा क्रियाशिल राजनैतिक दल र नागरिक समाजका अगुवाहरुले वर्तमान संविधानको रक्षा राष्ट्रपति मार्फत हुनु पर्ने आवाज उठाईरहेका बेला काँग्रेस सोलुखुम्बुले विज्ञप्ति निकालेको हो ।
Discussion about this post