असोज ३ सोलुखुम्बु । राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा २९७ घरधुरीलाई निस्सा वितरण गरिएको हो।
पन्ध्र वटै वडा समेटिएको यस नगरपालिकामा आयोगले २३ घर सुकुम्बासी, १६ घर भूमिहीन दलित, र २२३ घर अव्यवस्थित बसोवासीलाई प्राथमिकताका साथ निस्सा वितरण गरेको जनाएको छ। यो कार्यलाई दोस्रो चरणमा लैजाँदै अब चाँडै लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो।
Discussion about this post