Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संविधान दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा सरसफाइ र फलफुल वितरण कार्यक्रम

सरसफाइ, फलफुल वितरण र सामाजिक उत्तरदायित्वका कार्यद्वारा संविधान दिवस मनाइयो

Radio Everest by Radio Everest
September 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले संविधान दिवसलाई विशेष महत्व दिँदै विभिन्न सामाजिक तथा जनसेवामूलक कार्यक्रमका साथ मनाएको छ । शुक्रबार सम्पन्न कार्यक्रमहरूमा सरसफाइ देखि लिएर अस्पतालका बिरामी र कारागारमा रहेका कैदीबन्दीहरूलाई फलफुल वितरणसम्मका गतिविधिहरू समावेश थिए । कार्यक्रमको नेतृत्व नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले गर्नुभएको थियो ।

उहाँको नेतृत्वमा नयाँ बजारदेखि फाप्लुसम्म सरसफाइ अभियान सञ्चालन गरिनुका साथै जिल्ला अस्पताल फाप्लुमा उपचाररत बिरामीहरू र जिल्ला कारागारका बन्दीहरूलाई फलफुल वितरण गरिएको हो । सभापति शेर्पाले संविधान लोकतन्त्रको आधारशिला भएको उल्लेख गर्दै यसको रक्षा र सुदृढीकरणका लागि सम्पूर्ण नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संविधान दिवसजस्ता अवसरहरूलाई औपचारिकतामा मात्र सीमित नराखी समाजप्रति उत्तरदायी व्यवहारमार्फत मनाउनु सकारात्मक अभ्यास भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कांग्रेस सोलुखुम्बुका अनुसार यस्ता कार्यक्रममार्फत संविधान दिवसलाई जनताको स्वास्थ्य, सरसफाइ र आपसी सद्भाव अभिवृद्धिका अवसरका रूपमा प्रयोग गर्ने प्रयास गरिएको हो । संविधान दिवसको अवसरमा आयोजित यस्ता कार्यक्रमहरूले नागरिकमा जिम्मेवारी बोध र सामाजिक सहभागिता बढाउने विश्वास गरिएको छ ।

Previous Post

थुलुङ दुधकोशी अस्पतालको तेस्रो वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट कर्मचारी र बिरामी सम्मानित

Next Post

सोलुखुम्बुमा संविधान, राष्ट्रिय एकता र नागरिक कर्तव्य विषयक अन्तरक्रिया

Related Posts

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
0
Next Post
सोलुखुम्बुमा संविधान, राष्ट्रिय एकता र नागरिक कर्तव्य विषयक अन्तरक्रिया

सोलुखुम्बुमा संविधान, राष्ट्रिय एकता र नागरिक कर्तव्य विषयक अन्तरक्रिया

Discussion about this post

Everest Highlights

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

May 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly