असोज ७, सोलुखुम्बु । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकै दिन तोलामा ३ हजार ९०० रुपैयाँले बढेको हो। यससँगै प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
 
			 
                                









 
                                
Discussion about this post