असोज १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यता तथा दातृ निकायका प्रतिनिधिको उपस्थीतिमा बर्थिङ सेन्टरको उद्घाटन भएको हो । वाइल्डर्स इन नेपालको सहयोग तथा नगरपालिकाको सहकार्यमा निर्मित बर्थिङ सेन्टरको मेयर शेर्पा सहित संस्थाका प्रतिनिधिले रिवन काटेर उद्घाटन गरेका हुन । मानिसको पहिलो पाइला जन्मलाई सहज बनाउने र प्रविधि युक्त बनाउने हेतुले स्थापना भएको बर्थिङ सेन्टरबाट बेनी क्षेत्रका महिलाहरूले उच्च सेवा लिने विश्वास गरिएको छ । नेपालमा स्वास्थ्यको विकासमा योगदान गर्दै आएका विदेशी संस्थाहरु प्रति धन्यवाद व्यक्त गर्दै मेयर शेर्पाले दातृ संस्थाहरुको सहयोग प्रति सम्मान व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा उपमेयर गान्धीमाया तामाङ, वडा अध्यक्ष ङवाङ ठिले शेर्पा, स्थानीय, विद्यार्थी, अधिभावक, पत्रकार लगायतको उपस्थिित रहेको थियो ।
Discussion about this post