असोज १५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा एक जनाले खुकुरी प्रहार गरि ३ जनालाई घाइते बनाएका छन् । गाउँपालिकाको वडा नम्बर १ जुभिङका मंगलमान राईले आफ्नै श्रीमती सहित छिमेकीहरू २ जनालाई खुकुरी प्रहार गरि घाइते बनाएका हुन् । स्थानीय श्रोतका अनुसार राईले श्रीमती अनीता र २ जना छिमेकीहरू नौश्वर राई र नेप्टे विक लाइ पनी घाइते बनाएका हुन । घाइतेहरूको उपचारका लागी हेलीकप्टर मार्फत काठमाण्डौ पु¥याइएको जनाईएको छ भने पीडकमाथि अनुसन्धान सुरु भएको छ । घाइतेहरूको उपचार काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
Discussion about this post