असोज १५, सोलुखुम्बु । दसैँ सुरु भएसँगै यतिबेला गाउँघरमा चहलपहल बढेको छ । दसैँ चाड मनाउन गाउँघर फर्कनेहरुका कारण चहलपहल बढेको हो । बजारमा बस्दै आएकाहरु दसैँ मनाउन गाउँ फर्किएपछि सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार भने सुनसान हुँदै गएको छ ।
सदरमुकाममा व्यापार गर्दै आएका व्यापारीदेखि कर्मचारी, विद्यार्थी र सर्वसाधारणसमेत दसैँ विदामा चाडपर्व मनाउन गाउँबस्ती फर्केपछि गाउँघरमा चहलपहल बढेको हो । जागिर, पेशा व्यवसाय र अन्य सिलसिलामा गाउँ बाहिर रहेकाहरु चाड मनाउन घर फकिर्नेका कारण गाउँघरमा निकै रमाइलो छाएको छ ।
परिवारका सदस्यहरु घर फर्केपछि एकापसमा खुशी साटासाट गरेर चाड मनाउन पाउँदा रमाइलो महशुस भइरहेको स्थानीय बताउँछन् । दसैँको सप्तमी अगावै अधिकांस गाउँघर फर्किसकेका छन् भने बाँकी रहेकाहरु गाउँ फर्कने क्रममा छन् ।
Discussion about this post