असोज १९, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पर्यटकहरूलाई २० गते पश्चात मात्रै पदयात्रामा निस्कनका लागी अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेले एक सूचना जारी गर्दै पर्यटकहरूलाई मौसम पूर्वानुमान महाशाखाले २० गते पश्चात मौसम सफा हुने अनुमान गरेकाले सो पश्चात मात्रै पदयात्रा तथा यात्रामा निस्कनका लागी भन्नुभएको हो । यतिखेर हिमाली भेगमा हिमपात का सार्थ तल्लो भेगमा वर्षात भइरहेकाले यात्रामा कठिनाइ हुने भन्दै प्रजिअ पाण्डेले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो । उहाँले हाल यात्रामा रहेका पर्यटकहरुलाई स्थानीय प्रशासन,। प्रहरी, स्थानीय तह, तथा सगरमाथा राष्ट्रिय निकुञ्जको समन्वयमा रहन पनि भन्नु भएको छ ।
Discussion about this post