कार्तिक १२, सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ। उनलाई सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा परेका क्याप्टेन खड्कालाई लुक्लामै रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला विमानस्थलमा ल्याएको छ। अब त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं लगिनेछ । क्याप्टेन खड्का पर्यटकको उद्धारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर बुधबार बिहानै लोबुचे पुगेका थिए ।











Discussion about this post