कार्तिक १४, सोलुखुम्बु । नेपाली सेनामा अनुशासन, सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न “सैनिक प्रहरी” नामक विशेष शाखा रहेको हुन्छ । यो शाखा सेनाभित्र हुने अनुशासन भंग, अपराध अनुसन्धान, संवेदनशील क्षेत्रको सुरक्षा र उच्च अधिकृतको सुरक्षा व्यवस्थापनमा मुख्य भूमिका खेल्दछ । सैनिक प्रहरीले सेनाका सदस्यहरूले कानूनी नियम तोडेका अवस्थामा आवश्यक कारबाही र नियन्त्रण गर्ने जिम्मेवारी लिन्छ । यसका साथै सेनाको कार्यालय, छावनी र अन्य संवेदनशील क्षेत्रहरूको सुरक्षा निगरानी गर्नु पनि यसको दायित्वमा पर्छ ।
सेनाभित्र हुने झगडा वा अपराधको अनुसन्धान, सैनिक कारागारको व्यवस्थापन र सैनिक अदालत प्रक्रियामा सहयोग गर्नु पनि सैनिक प्रहरीको मुख्य जिम्मेवारी हो । सैनिक प्रहरीलाई अन्य सैनिक सरह कडा तालिम, उच्च शारीरिक क्षमता र नैतिक अनुशासन आवश्यक पर्छ । उनीहरू सेनाभित्र “सेनाभित्रको प्रहरी” जस्तै कार्य गर्छन्, जसले सेनालाई अनुशासित र सुरक्षित राख्न ठूलो भूमिका खेल्दछ । सेनानी रबिन कार्कीका अनुसार, यो शाखाले सुनिश्चित गर्छ कि सेना बलियो मात्र होइन, अनुशासित पनि बन्छन् ।
सैनिक प्रहरीको कार्यक्षेत्र र जिम्मेवारीहरूले नेपाली सेनाको अनुशासन र सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउँछ । यो शाखाले सैनिक जीवनलाई व्यवस्थित बनाउन, सुरक्षा व्यवस्थामा बल पु¥याउन र सेनाभित्रको कानूनको पालना सुनिश्चित गर्न मद्दत गर्छ ।
 
			 
                                









 
                                
Discussion about this post