कार्तिक १४, सोलुखुम्बु । मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट नेपाली र विदेशी पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ । धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङ गर्दै हिड्दा भ्याली क्षेत्रमा फसेका तीन जना बेलायतीसहित १५ जना पर्यटकहरूलाई मुस्ताङस्थित बतासेडाँडाबाट याकखर्क हुँदै जोमसोमस्थित नेपाली सेनाको व्यारेकमा ल्याइ प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ ।

त्यसैगरी, हिमपातका कारण तिलिचो बेस क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकहरूमा २ जना चिनियाँ र १३ जना नेपाली रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकल टिम उद्धारका लागि खटिएको छ । पैदल जानुपर्ने अवस्थाका कारण उद्धार कार्यमा केही समय लाग्ने अनुमान गरिएको छ । अलपत्र परेका सबै पर्यटकहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

 
			 
                                









 
                                
Discussion about this post