कार्तिक १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । कार्तिक १४, १५ र १६ गते टाक्सिन्दु गुम्बा परिसरमा हुने उक्त स्वास्थ्य शिविर हिमाली गाउँ विकास प्रतिष्ठान, काठमाडौँको आयोजनामा सञ्चालन हुनेछ । प्रतिष्ठानले विगत वर्षझैँ यस वर्ष पनि नेपाली चिकित्सकहरूको टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो ।
कार्यक्रमअनुसार कार्तिक १४ गते टाक्सिन्दु गुम्बा र वरपरका बासिन्दाका लागि ररिङमु, छुल्यामु, १५ गते हेवा, डेकु र नुनथला क्षेत्रका लागि तथा १६ गते होर्सिङ्गा, राई गाउँ र छाँगा क्षेत्रका बासिन्दाका लागि शिविर सञ्चालन हुनेछ । शिविरमा दन्त परीक्षण, आँखाको परीक्षण र सामान्य स्वास्थ्य परीक्षण गरिनेछ । यस स्वास्थ्य शिविरले दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा सहज उपलब्ध गराउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।











Discussion about this post