कार्तिक २६, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गोन्पामा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी कार्यक्रम जारी रहेको छ। मंगलबारबाट सुरु भएको उक्त कार्यक्रमले स्थानीय विद्यालयका विद्यार्थीहरूलाई विज्ञानका विविध पक्षहरूबारे जानकारी दिलाउँदै उनीहरूको सिर्जनात्मकता र जिज्ञासा बढाउने उद्देश्य राखिएको छ।
कार्यक्रमका बारेमा जानकारी दिंदै गोन्पाका सचिव ङिमा तेण्डुप शेर्पाले विज्ञान र बौद्ध धर्म दुवै अनुभव, तर्क, र सत्यअन्वेषणमा आधारित हुने भएकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार यस प्रदर्शनी र गोष्ठीले विद्यार्थीहरूलाई नयाँ सोच, अनुसन्धान, र आविष्कारतर्फ प्रेरित गर्नेछ ।
उनीहरूले यस अवसरबाट विज्ञानका विविध ज्ञान र व्यवहारिक सीप सिक्ने अवसर पाएको बताउँदै खुशी व्यक्त गरेका छन् । आयोजक संस्थाका अनुसार यो कार्यक्रमले पर्यावरण, स्वास्थ्य, ऊर्जा र प्रविधि जस्ता विषयमा जनचेतना फैलाउने र विद्यार्थीहरूलाई अनुसन्धानमुखी अध्ययनतर्फ प्रोत्साहित गर्ने लक्ष्य लिएको छ । कार्तिक २५ देखि २७ सम्म हुन लागेको “बिज्ञान र बौद्ध धर्म” शिर्षकमा प्रदर्शनी तथा कार्तिक २८ देखि मंसिर ४ गते सम्म कार्यशाला गोष्ठी आयोजना गरिएको जनाइएको छ ।









Discussion about this post