फागुन १०, साेलुखुम्बु । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले चुनावका लागि फागुन २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको हो । विदा बारेमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ । यस्तै फागुन २३ गते शनिवार र २४ गते आइतवार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा छ । यसैले २०, २१ र २२ गते विदा दिदा चुनावका लागि एक हप्ता बिदा हुनेछ । चुनावको मतदान फागुन २१ गते हुँदैछ ।










Discussion about this post