बुधबार । आज काठमाण्डौ उपत्यकासहित देशको विभिन्न ठाउँमा पानी परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बागमती प्रदेशका धेरैजसो ठाउँमा सामान्य वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । गएको ६ घण्टामा सिन्धुलीको बोर्लेनीमा सबैभन्दा बढी १७ मिलिमिटर पानी परेको छ । ललितपुरको लेलेमा ७.८ मिलिमिटर, गोदावरीमा ३ मिलिमिटर, दोलखाको जिरीमा ६.६ मिलिमिटर, सिन्धुपाल्चोकको बाह्बिसेमा ५.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । आज राति तराई भू–भागका थोरै ठाउँहरूमा तुँवालो लाग्नेछ भने हिमाली भू–भागमा बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










Discussion about this post