बैशाख २५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले शिक्षामा गुणस्तरीयता ल्याउनका लागी प्रधानाध्यापक सँग छलफल गरेको छ । माप्य दुधकोशी गाउँपालिका मा विहीबार गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा पालिका भित्रका सम्पूर्ण विद्यालयहरूको सहभागितामा छलफल गरिएको हो ।
बैठकमा गुणस्तरीय शिक्षा प्राप्तिका लागि शैक्षिक सुधार योजना निर्माणबारे महत्वपूर्ण छलफल गरिएको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले बताउनुभयो । यस क्रममा विद्यालयहरूको तर्फबाट पालिका सरकार समक्ष शैक्षिक सुधारका लागी विभिन्न सुझाव तथा समस्याहरू प्रस्तुत गरिएको थियो ।
त्यसैगरी बैठकमा उठेका विभिन्न विषयमा गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राई ले जवाफसहित आवश्यक निर्देशन दिनुभएको थियो । यसैबीच गाउँपालिकाले गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको समेत जनाइएको छ ।











Discussion about this post