सबिना राई, जेठ, १२, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका–१ बाझे च्यानडाँडामा विवाह गरेको चार महिनामै एक महिलाको शङ्कास्पद मृत्यु भएपछि उनका श्रीमान पक्राउ परेका छन्। २८ वर्षीया शान्ति चर्मकार मृत अवस्थामा फेला परेपछि प्रहरीले ३३ वर्षीय राजकुमार राईलाई हत्या आरोपमा नियन्त्रणमा लिएको हो।
राजकुमारले जेठ ९ गते बिहान श्रीमती लडेर मृत्यु भएको भन्दै आफन्तलाई खबर गरेका थिए। तर घटनास्थल पुगेका स्थानीयले शवमा चोटपटक र निलडाम देखिएपछि घटना शङ्कास्पद बनेको थियो। स्थानीयका अनुसार शव गन्हाउन थालिसकेको अवस्थामा भेटिएकाले केही दिनअघि नै हत्या भएको हुन सक्ने आशंका गरिएको छ।
प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा राईविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ। स्थानीयवासीले भने राजकुमार विगतदेखि नै घरेलु हिंसा र झगडामा संलग्न हुँदै आएको दाबी गरेका छन्। मृतक शान्तिका पहिलो विवाहबाट दुई साना छोरा रहेका छन्।










Discussion about this post