जेठ १२, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका मा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रेडियो एभरेष्ट को सहजिकरण तथा गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह, सुशासन तथा पारदर्शिताका विषयमा विशेष जोड दिइएको थियो।
सार्वजनिक सुनुवाइका क्रममा सेवाग्राहीहरूले उठाएका जिज्ञासा, गुनासा तथा सवालहरूको जनप्रतिनिधिहरूले प्रत्यक्ष रूपमा सम्बोधन गरेका थिए। गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचै वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, भद्रभलादमी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता रहेको जनाइएको छ। सार्वजनिक सुनुवाइले स्थानीय तहको कामकारबाहीलाई थप प्रभावकारी, जवाफदेही र नागरिकमैत्री बनाउन सहयोग पुग्ने छ ।










Discussion about this post