जेठ १४, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रिय समितिको जारी सर्कुलरअनुसार जेठ २४ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारीस्वरूप सोलुखुम्बुका विभिन्न पालिकामा अधिवेशन आयोजना गर्ने भएको छ । पालिका अधिवेशन सम्पन्न गर्न तथा प्रतिनिधि छनोट प्रक्रियालाई व्यवस्थित बनाउन प्रवेश कमिटिबाट तोकिएका निर्वाचन समितिलाई आवश्यक सहयोग गरिने जनाइएको छ ।
रास्वपा जिल्ला समिति सोलुखुम्बुका सभापति नारायण काजी कार्कीका अनुसार नेचासल्यान गाउँपालिकामा जेठ १५ गते, सोलुदुधकुण्ड नगरपालिकामा १६ गते तथा थुलुङ दुधकोशी गाउँपालिकामा १७ गते पालिका अधिवेशन आयोजना गरिनेछ । यस्तै, जेठ १८ गते माप्य दुधकोशी, सोताङ, महाकुलुङ र खुम्बु पासाङल्हामु गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको सभापति कार्कीले जानकारी दिनुभयो । रास्वपाले संगठन विस्तार, प्रतिनिधि छनोट तथा जिल्ला अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यसहित पालिका अधिवेशनलाई तीव्रता दिएको जनाएको छ ।











Discussion about this post