Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गाेमा बस्नेत

Radio Everest by Radio Everest
May 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, जेठ १४ — सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित सेकारसिंह आधारभूत विद्यालयमा वडा स्तरीय अन्तरविद्यालय सांस्कृतिक गायन तथा नृत्य प्रतियोगिता  बिहीबार  सम्पन्न भएको छ। विद्यार्थीहरूमा रहेको कला, संस्कृति, सिर्जनशीलता र आत्मविश्वासको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गार्माका चार विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा गार्मा माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय, सिद्धार्थ आधारभूत विद्यालय र सेकारसिंह आधारभूत विद्यालयका विद्यार्थीहरूले जुनियर तथा सिनियर गायन र नृत्य विधामा प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दर्शकको आकर्षणको केन्द्र बनेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी कला, संस्कृति, खेलकुद र अतिरिक्त क्रियाकलापसँग जोड्न आवश्यक रहेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोङ्बा शेर्पाले यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीको आत्मविश्वास बढाउने धारणा राख्नुभयो।

आयोजक विद्यालयका प्रधानाध्यापक कमल प्रसाद कार्कीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। निर्णायकहरू केशव गिरी, गीता कार्की र सन्तोष ठकुन्नाले प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताएका थिए।

प्रतियोगिताको जुनियर नृत्यतर्फ गार्मा माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ आधारभूत विद्यालय द्वितीय र सेकारसिंह आधारभूत विद्यालय तृतीय भएका थिए। सिनियर नृत्यतर्फ गार्मा माध्यमिक विद्यालय प्रथम र सगरमाथा माध्यमिक विद्यालय द्वितीय भएका थिए। सिनियर गायनतर्फ सगरमाथा माध्यमिक विद्यालयकी याङ्जी शेर्पा प्रथम र गार्मा माध्यमिक विद्यालयकी अनिशा खालिङ राई द्वितीय भएकी थिइन्।

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७, हिमालयन केयर फाउन्डेशन तथा सिटी भिलेज फाउन्डेशन, काठमाडौंको सहयोगमा सम्पन्न कार्यक्रमले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धा, सांस्कृतिक चेतना र नेतृत्व क्षमताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

Next Post

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly