Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

Radio Everest by Radio Everest
May 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु , जेठ १४ — विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पाको साहसिक विरासतलाई सम्मान गर्दै आयोजित तेस्रो संस्करणको ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ बिहीबारबाट काठमाडौंमा सुरु भएको छ। प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ खेलाडीले स्थान सुरक्षित गरेका छन्।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्कको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ एक विदेशी खेलाडी समेत फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा साहसिक आरोहण खेलको विकास र प्रवर्द्धन गर्नुका साथै सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा तथा सर एड्मण्ड हिलारीको ऐतिहासिक योगदानलाई सम्मान गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रारम्भिक चरणमा २७ पुरुष र ११ महिला खेलाडी सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा ६ पुरुष र ६ महिला खेलाडी फाइनलमा छनोट भएका हुन्।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङ का अनुसार यस वर्षको प्रतियोगिता विशेष महत्वको छ। अघिल्ला दुई संस्करण टप–रोप क्लाइम्बिङमा सीमित रहे पनि यसपटक पहिलोपटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता सञ्चालन गरिएको छ।

प्रतियोगिताका विजेताले पुरुष तथा महिला दुवै विधामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा ले उद्घाटन गरेको प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ। फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा को विशेष उपस्थिति रहने जनाइएको छ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा आयोजना गरिएको प्रतियोगिताले नेपालमा विकसित हुँदै गएको क्लाइम्बिङ संस्कृतिलाई थप उचाइ दिने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यसले युवा पुस्तालाई साहसिक खेल र पर्वतारोहणतर्फ आकर्षित गर्दै नेपालको पर्वतीय खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउनेछ।

Previous Post

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

Next Post

प्रहरी, पत्रकार र स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
प्रहरी, पत्रकार र स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

प्रहरी, पत्रकार र स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly