जेठ १५, साेलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ ले वडाभित्रका महिलाहरूका लागि उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले सूचना जारी गर्दै आगामी जेठ १८ गतेदेखि तालिम सुरु हुने जानकारी दिएको हो।
वडा कार्यालयका अनुसार यसअघि २०८२ चैत २८ गते प्रकाशित सूचना नम्बर १३ बमोजिम छनोट गरिएका महिलाहरूलाई लक्षित गर्दै उद्घोषण तालिम आयोजना गर्न लागिएको हो। तालिम वडा नम्बर १ को कार्यालय भवन, खरिखोलामा सञ्चालन हुनेछ।
सूचनामा तालिममा सहभागी हुन सम्बन्धित सबै महिलाहरूलाई निर्धारित मिति र स्थानमा उपस्थित हुन आग्रह गरिएको छ। तालिमले महिलाहरूको सार्वजनिक बोल्ने क्षमता, सञ्चार सीप तथा नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ।
वडा सचिव दावा गेल्जे शेर्पाद्वारा हस्ताक्षर गरिएको सूचनामा तालिमसम्बन्धी थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।











Discussion about this post