Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महिलाको आत्मविश्वास र अधिकार सुदृढ गर्न सल्लेरीमा ३ दिने प्रशिक्षण

Radio Everest by Radio Everest
May 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा महिलाहरुको क्षमता अभिवृद्धि तथा अधिकार सचेतना बढाउने उद्देश्यले मनोसामाजिक, स्व–हेरचाह तथा कानुनी सचेतना सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा जेठ १३ गतेदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिएको तालिममा नगरपालिकाभित्रका ३७ जना महिलाहरु सहभागी भएका थिए । तालिममार्फत महिलाहरुलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्म–हेरचाह, महिला अधिकार, घरेलु हिंसा तथा कानुनी संरक्षण सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक रीता ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमको सहजीकरण रुपा भट्टराई, राधिका श्रेष्ठ, टंकीमाया बस्नेत, इन्दु बस्याल भण्डारी तथा अम्रिता कार्कीले गर्नुभएको थियो ।

सहभागीहरुले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । नगरपालिकाले महिलाहरुलाई आत्मविश्वासी, सचेत र मानसिक रुपमा सशक्त बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । साथै, समाजमा हुने हिंसा, विभेद तथा अन्यायविरुद्ध महिलाहरुलाई कानुनी रुपमा सचेत बनाउँदै सुरक्षित र सम्मानित जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

कृषि कर्जामा ब्याज अनुदान तथा एग्रोभेट व्यवसायीसँग अन्तक्रिया सम्पन्न

Next Post

देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

Related Posts

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
0
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
Next Post
देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

Discussion about this post

Everest Highlights

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly