सबिना राई, सोलुखुम्बु, जेठ १५ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसा मा साबुन, हार्पिक, फिनेल तथा सरफ निर्माण सम्बन्धी पाँचदिने सीप विकास तालिम सुरु भएको छ। थुलुङ दुधकोशी गाउँपालिका महिला तथा बालबालिका शाखा र दुधकोशी सामुदायिक सिकाई केन्द्र को सहकार्य तथा वडा कार्यालयको आयोजनामा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो। तालिममा ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
स्थानीय महिलासहित सहभागीहरूलाई घरेलु तथा व्यावसायिक रूपमा साबुन, हार्पिक, फिनेल र सरफ उत्पादन गर्ने सीप प्रदान गरिनेछ। वडा अध्यक्ष भोजराज कार्कीले सीप सिकाएर सहभागीलाई उद्यमशील बनाउने तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार तालिमपछि सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा साना उद्यम सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ।











Discussion about this post