Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

Radio Everest by Radio Everest
June 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ अन्तर्गत पर्ने फाप्लु–बेनि सडकको ढलान कार्य औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै सघन सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुंगाको करिब ३ करोड रुपैयाँ लागतमा सडक ढलान कार्य शुक्रबारदेखि अघि बढाइएको हो।

उक्त योजनाको निर्माण जिम्मेवारी आर्के पिके कन्ट्रक्सनले प्राप्त गरेको छ। सडक ढलान कार्य सुरु भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ भने वर्षायाममा हुने हिलो तथा आवागमन समस्याको समाधान हुने अपेक्षा गरिएको छ। यस सडकले फाप्लु बजार क्षेत्र र आसपासका बस्तीलाई सहज रूपमा जोड्ने भएकाले स्थानीय जनजीवन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। सोलुदुधकुण्ड नगरपालिका ४ का वडा अध्यक्ष युवास तामाङले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गराउन वडा कार्यालयले निरन्तर अनुगमन गर्ने बताउनुभयो। उहाँले निर्माण सामग्रीको गुणस्तर, प्राविधिक मापदण्डको पालना तथा कामको प्रगतिको नियमित निरीक्षण गरिने जानकारी दिनुभयो।

त्यसैगरी सघन सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुंगाका इन्जिनियर सुदीप दाहालले सडक ढलानको गुणस्तर सुनिश्चित गर्न कार्यालयका तर्फबाट नियमित रूपमा एक जना इन्जिनियर खटाइने बताउनुभयो। उहाँका अनुसार निर्माण कार्य प्राविधिक मापदण्डअनुसार भइरहेको छ कि छैन भन्ने विषयमा निरन्तर निगरानी गरिनेछ। निर्माण कम्पनी आर्के पिके कन्ट्रक्सनका ठेकेदार छिरिङ शेर्पाले विभिन्न कारणले योजना कार्यान्वयनमा ढिलाइ भएको स्वीकार गर्नुभयो। उहाँले जनजीवन प्रभावित बनाउने विभिन्न आन्दोलन, निर्वाचनको गतिविधि तथा मध्यपूर्व क्षेत्रमा बढेको अन्तर्राष्ट्रिय तनावका कारण निर्माण सामग्रीको आपूर्ति र जनशक्ति व्यवस्थापनमा समस्या उत्पन्न हुँदा निर्धारित समयमा काम सुरु गर्न नसकिएको बताउनुभयो।

तथापि अब निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइने र तोकिएको समयभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ। स्थानीयवासीले सडक ढलान सम्पन्न भएपछि वर्षायाममा हुने सास्ती कम हुने, यातायात सञ्चालन थप सहज बन्ने तथा पर्यटन र व्यापार व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरेका छन्।

Previous Post

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

Next Post

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly