Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

Radio Everest by Radio Everest
July 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २७, सोलुखुम्बु । सोलुखुम्बुमा चार वटा कृषि फार्मको अन्तरनिकायीय संयुक्त अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई ओखलढुंगा र सोलुखुम्बुको आयोजनामा शनिबार जिल्लाका विभिन्न सरकारी निकायका प्रतिनिधिहरूले संयुक्त रूपमा अनुगमन गरेका हुन् । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित अनुगमन जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्य तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई ओखलढुंगाका भूमि वरिष्ठ अधिकृत हेमबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

अनुगमनका क्रममा विगतका वर्षहरूमा कार्यालयबाट उपलब्ध गराइएका अनुदानका कृषि सामग्रीहरूको सदुपयोग तथा किसानहरूको कृषि उत्पादनको अवस्थाबारे स्थलगत रूपमा जानकारी लिइएको थियो । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले किसानहरूले प्राप्त अनुदानको सही सदुपयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । किसानकै खेतबारीमा पुगेर उहाँले उनीहरूलाई खादामालाले सम्मानसमेत गर्नुभएको थियो ।

त्यसैगरी, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले नगर क्षेत्रका किसानहरूलाई महत्वपूर्ण सहयोग पु¥याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सहकार्यलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भूमि वरिष्ठ अधिकृत हेमबहादुर आले मगरले कार्यालयले विगतमा वितरण गरेको अनुदानको प्रभावकारिता अनुगमनका क्रममा सकारात्मक रूपमा देखिएको बताउनुभयो। वास्तविक किसानहरूको मेहनत र विश्वासलाई आधार मानेर अनुदान वितरण गरिएको उल्लेख गर्दै उहाँले अनुदानको सदुपयोग भएको पाइएको जानकारी दिनुभयो ।

अनुगमनमा सहभागी किसानहरूले विभिन्न निकायका प्रतिनिधिहरू आफ्नै खेतबारीमा पुग्दा आफूहरू अझ जिम्मेवार बनेको अनुभव सुनाए। साथै, अनुदानबाट प्राप्त कृषि सामग्रीलाई आगामी दिनमा पनि सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त अनुगमनमा जिल्लास्थित विभिन्न सरकारी कार्यालय तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

Previous Post

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

Next Post

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

Related Posts

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
0
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
0
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
0
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
0
Next Post
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

Discussion about this post

Everest Highlights

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly