Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

Radio Everest by Radio Everest
July 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २८, सोलुखुम्बु । आज र भोलि पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मनसुन सक्रिय भएको तथा मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँ र लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकरदुई ठाउँमा आरीघोप्टे र मुसलधारे वर्षाको सम्भावना छ ।

विशेष गरी ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै ठाउँमा बदली हुनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेग तथा मधेससहित ती प्रदेशका तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने अनुमान छ ।

Previous Post

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

Next Post

आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

Related Posts

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
0
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
0
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

August 26, 2026
0
Next Post
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

Discussion about this post

Everest Highlights

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

August 26, 2026
सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly