असार २९, सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी थापा मगरले कार्यालय भवन, विभिन्न शाखा तथा हिरासत कक्षको अवलोकन गर्नुभएको हो ।
उहाँले निरीक्षणपछि आयोजित संक्षिप्त सम्बोधनमा प्रहरी सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । साथै नागरिकमैत्री प्रहरी सेवाको पहुँच विस्तार गर्न, जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन तथा विपद् व्यवस्थापन र उद्धारका कार्यमा तत्काल परिचालन हुन सक्ने तयारी अवस्थामा रहन कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी थापा मगरले नागरिकको विश्वास आर्जन गर्ने गरी कानुनको निष्पक्ष कार्यान्वयन, सेवाग्राहीमैत्री व्यवहार तथा समन्वयात्मक ढङ्गले कार्यसम्पादन गर्नसमेत प्रहरी कर्मचारीलाई आग्रह गर्नुभएको बताइएको छ ।










Discussion about this post