साउन ७, सोलुखुम्बु । श्रम संस्कृति पार्टी जिल्ला समिति, सोलुखुम्बुले जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति युवाका पदाधिकारी तथा टोलीमाथि भएको भनिएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला समितिका अध्यक्ष वियस राईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ मधेश प्रदेशका विभिन्न राजनीतिक तथा सांगठनिक कार्यक्रममा सहभागी हुने क्रममा जनकपुरधामस्थित जानकी मन्दिरमा माता जानकीको दर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।
उक्त क्रममा श्रम संस्कृति युवाका केन्द्रीय अध्यक्ष दिवस राई, केन्द्रीय युवा उपाध्यक्ष सन्जीव राईलगायतको टोलीमाथि जानकी मन्दिर परिसरमा अनुचित व्यवहार तथा दुव्र्यवहार भएको भन्दै जिल्ला समितिले त्यसप्रति गम्भीर चासो व्यक्त गरेको छ । विज्ञप्तिमा घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।










Discussion about this post