साउन ७, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले आफ्नो उक वर्षे कार्यकालमा साेलुखुम्बुको शान्ति सुरक्षा, शुसासन प्रवर्द्धन र समन्वयमा कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । जिल्लामा पदभार सम्हाले पछि पहिलोपटक पत्रकारहरूसँग भेटघाट गर्दै उहाँले सिडिओको रुपमा जिल्लाको कमान्ड गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।
हिमाली जिल्लाका प्राकृतिक समस्याहरू लगायत अन्य विषयहरूमा आफ्नो गम्भीर सावधानी रहने बताउनुभएको छ । जिल्लाको शान्ती सुरक्षा कायम गर्न आफ्नो जोडबल रहने उल्लेख गर्दै अपराध नियन्त्रणको कामलाई प्राथमिकताका साथ अघि बढाउने पनि उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने नियमित प्रशासनिक कामहरूमा चुस्तता, कर्मचारी अनुशासनको क्षेत्रमा कडाइ लगायत आफ्नो क्षेत्राधिकार भित्र रहेका कामहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सही सम्पादनमा आफ्नो जोड रहने उहाँको भनाई छ । पत्रकारहरूले उठाएका विविध विषयमा आफ्नो धारणा राख्दै सिडिओ मगरले जिम्मेवार ढङ्गबाट आफ्नो कार्यसम्पादन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।











Discussion about this post