साउन ८, सोलुखुम्बु । आज लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशका तराई एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।
अस्ति बुधवारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ । मंगलवारसम्म देशका धेरै ठाउँमा लगातारजसो झरी र ठूलो पानी परेकोमा बुधवारदेखि भने केही ठाउँमा केहीबेर मात्रै पानी पर्ने गरेको छ ।










Discussion about this post