साउन १९, सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–१ का अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मालाई कुटपिट गरी हत्या गरेको आरोपमा उनका नाति अन्दाजी २३ वर्षीय निरबहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार कृष्णगोपाल साउन १८ गते निरबहादुरको घरमा न्वारन पूजामा पुगेका थिए । सोही क्रममा निरबहादुरले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका कृष्णगोपालको उपचारका क्रममा साउन १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि निरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।










Discussion about this post