साउन २३, सोलुखुम्बु । बिल बिजक नभएको ठूलो परिमाणको किराना सामानसहित प्रहरीले सोलुखुम्बुमा एक सवारी साधनलाई नियन्त्रणमा लिएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ स्थित सेर्गाखोपमा काठमाडौँबाट बुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३३च १९४६ नम्बरको अशोक लेल्याण्ड गाडीमा बिना बिल बिजकका किराना सामान ल्याउँदै गरेको विशेष सूचनाका आधारमा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
शुक्रबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले सो स्थानमा उक्त चार चक्के गाडीलाई रोकेर चेकजाँच तथा खानतलासी गरेको थियो । खानतलासीका क्रममा गाडीको पछाडिको भागमा लुकाएर ल्याउँदै गरेको अन्दाजी एक लाख ३५ हजार रुपियाँ बराबरको गैरकानुनी किराना सामान भेटिएपछि प्रहरीले रितपूर्वक बरामद गरेको हो ।
बरामद गरिएका किराना सामान तथा प्रयोग गरिएको सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुमार्फत आन्तरिक राजश्व कार्यालय लहान, सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।











Discussion about this post